काठमाडौं - मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि सरकारी वकीलको कार्यालय ल्याइएको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी)ले उनलाई शुक्रबार म्याद थप गरी अनुसन्धान गर्नका लागि सरकारी वकीलको कार्यालय पुु¥याएको हो । यस अघि उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको बताइएको थियो । अहिले उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
ठगी तथा संगठित अपराध कसुरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ततकालीन सचिव रहेका अर्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


0 comment