काठमाडौं - वीरगन्जको नयाँ बसपार्कमा पार्क गरिएका दुई वटा बसमा आगलागी भएको छ। वीरगन्ज-१६ नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुई वटा बसमा मध्यरातमा आगलागी भएको हो।

आगालगीबाट जम जम ट्राभल्स लेखिएका ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्। मंगलबार राति पौने १ बजेको समयमा दुवै बसमा आगो लागेपछि प्रहरी र वीरगन्ज महानगरपालिकाको अग्नि नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए ।

बसमा आगलागिको कारण खुल्न नसकेको र यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।