काठमाडौं - रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा दुर्घटना हुँदा अहिलेसम्म ७ जनाका शव फेला परेको र १० जना गम्भीर घाइते भएका छन्। मृतकहरूको परिचय खुल्न बाँकी छ।

खलंगाबाट आठबिसकोट नगरपालिका-९ स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना भएको हो। जिपमा करिब २० यात्रु रहेको अनुमान गरिए पनि यकिन विवरण प्राप्त हुन सकेको छैन ।

दुर्घटनास्थल खलंगाबाट करिब ३५ किलोमिटरको दूरीमा पर्दछ।