काठमाडौ - जिल्ल्ला प्रहरी परिसर ललितपुरको टोलीले नगद रुपैयाँ र चानिज पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङ जिल्ला साकेला गाउँपालिका ०१ घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका २३ धापाखेल बस्ने वर्ष २३ को शिव कुमार वि.क. रहेका छ्न् ।
विकले मादक पदार्थ सेवनगरी होहल्ला गरेको भनी स्थानियले खबर गरेपछि तत्काल प्रभाग धापाखेलबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा विकले कम्मरमा भिरेको ब्यागमा लुकाई राखेको अवस्थामा ५००००४९१ नम्बर भएको गोली नभएको म्याग्जिन सहितको चाइनिज पेस्तोल १ थान बरामद गरेको छ।
साथै राष्ट्रिय बाणिज्य बैंकको ट्याग भएको नगद रु ४ लाख ७८ हजा रुपैया र आईफोन १ थान बरामद गरी निजलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होबिन्द्र बोगटीले जानकारी दिनु भयो।


0 comment