काठमाडौं - दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्त्रीले शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए । मिस्त्रीले राष्ट्रपति, प्रधानमन्त्री, कांग्रेस सभापति, प्रमुख प्रतिपक्ष दलका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

एउटा फरक व्यक्ती तर दिल्ली प्रशासनले पत्याएको उमाकान्त गिरीलाई पनि भारतीय विदेश सचिव मिश्रीले भारतीय दुतावास सजिलैनचौरमा छुट्टै भेटेका थिए । सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँगको शिष्टचार भेटमा गिरीलाई पनि सामेल गरेका थिए । 

नेपालको राजनितिमा गिरीको पहुँच उच्च छ । सामान्यतया गिरिलाई हेर्दा पत्याउन सकिँदैन । कसैले अन्दाज लाउन नसक्ने लुक्स बनाएर हिँड्छन् गिरी । शक्ति नभएकाहरु, राजनितिक पकड नभएकाहरु फुरफुर गर्ने, नेतासँग फोटो खिचेर सार्वजनिक गर्ने, आफुलाई मै हुँ भन्दै हिंड्छन् । जोसँग वास्तविक शक्ति छ, त्यस्ता व्यक्ती सामान्य रुपमा प्रस्तुत हुने गर्दछन् । गिरी भन्छन्, 'शक्ती सबै नागरिकले बुझेका हुँदैनन् । बुझ्नु पर्छ भन्ने छैन । जरुरी पर्दा, आवश्यक परेको ठाउँमा शक्तिले काम देओस् ।' 

शक्ति र पहुँचको आधारमा हाई लेभलको प्रोफाइलमा हिँड्दा समाजमा नकरात्मक प्रभाव पर्ने हुदाँ तल्लो स्तरको गेटअपमा हिँड्ने गरेको गिरीको भनाई छ ।

भारतसँग विश्वासिलो र कसिलो सम्बन्ध भएर पनि गिरी राजनितिक फाइदा र आर्थिक लाभ हुने कार्यमा संलग्न हुँदैनन् । गिरीले भारतीय खुफिया एजेन्सी "रअ" अन्तर्गत काम गरेर अकूत सम्पत्ति कुम्ल्याएको छ्न् भन्ने केही पत्रकारले शंका गरेर उनलाई धेरै ठाउँमा धेरै पटक पछ्याएका थिए । तीन जना जना युट्युबे पत्रकारलाई होटेल द्वारिकामा भारतीय विदेश सचिवसँगै ब्रेकफास्ट गराईदिएपछि पत्रकार चकित भएका थिए । 

गिरीका केही क्रियाकलाप भने शंकास्पद छन् । गिरीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि भण्डारीले राजनीतिमा सक्रियता देखाएकी हुन् । गिरीले एमालेभित्र खेल्न खोजेको, भारतको आडमा पूर्व राष्ट्रपति भण्डारीलाई उचालेको आरोप पनि छ ।

भारतबाट आउने उच्च पदस्थ व्यक्तिहरु नेपाल आउँदा राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षका नेताहरुलाई छुट्टा भेटेजस्तै जब नेपालमा कुनै राष्ट्रिय घटना, राजनीतिक सरगर्मी बढ्छ, तब गिरी पनि सरकार प्रमुख, उच्चपदस्थ नेताहरूसँग छुट्टाछुट्टै भेट्ने गर्छन् ।