काठमाडौ: जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलिले बाटोमा हिड्दै गरेको महिलाको घाँटीबाट सिक्री लुट्ने कार्यमा सलग्न २ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर ८ जरन्खु बस्ने वर्ष २१ को कौशल बस्नेत र सोही स्थान बस्ने वर्ष २६ को मिलन तामाङ रहेका छन।
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१६ माछापोखरी गुणस्तर विभाग र माछापोखरी पुल नजिकै रहको सार्वजनिक शौचालयको बीचमा लागेको तरकारी बजारमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुशी टाउन प्लानिङ्ग घर भई बस्ने वर्ष ५१ कि लक्ष्मी घिमिरे तरकारी किन्ने क्रममा अपरिचित व्यक्तिहरूको समूहले तरकारी किन्ने बहानामा आई २ तोला २५ लाल अं. मूल्य ४ लाख ३८ हजार रुपैयाँ बराबरको सुनको सिक्री लुटपाट गरी फरार भए थिए।
सूचना पाए पछि प्रहरी वृत्त बालाजुबाट प्रहरी टोली परिचालन गरी उक्त घटनामा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा माछापोखरी कुमारी स्थान मन्दिर नजिकबाट लुटपाट भएको समानहरू सहित तपसिलमा उल्लेखित व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
साथै प्रहरीले उनिहरुको साथबाट सुनको सिक्री थान-१, iPhone 13 ProMax मोबाइल थान-१, Samsung मोबाइल थान-१ बरामद गरि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रबक्ता अपिल राज बोहराले जानकारी दिनु भयो ।


0 comment