काठमाडौ :लागू औषध नियन्त्रण ब्युरोको टोलिले थुलो परिमाणमा एकजनालाइ भारतिय नागरिकलाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेमा देश भारत जिल्ला किसनगन्ज कोल्लिकोट थानाका बर्ष ३६ का महमद ईस्लाम रहेका छ्न।

 जिल्ला झापा भद्रपुर न पा ५ स्थित भित्री सडक खन्डमा सङ्कासमद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा   लिन खोज्दा प्रहरी तर्फ आक्रमण गरि भाग्न खोजेको थियो। भाग्न खोज्नेलाई नियन्त्रणमा लिनको लागि २ राउन्ड गोलि प्रहार गर्दा एक राउन्ड गोली निजको बायाँ खुट्टाको घुडाभन्दा मुनिको भागमा लागेको थियो।

प्रहरीले निजकाे साथबाट खैराे हेराेईन १ सय २० ग्राम फेला पार्नुका साथै निजकाे प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भैरहेकाे लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख कृष्ण प्रसाद कोईराला ले जानकारी दिनु भयो।