काठमाडौं - गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार बर्दिया, कास्की, धनुषा र पाँचथर जिल्लामा सीडीओ फेरिएका हुन्।
गृह मन्त्रालयमा कार्यरत सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। यसअघि बर्दियामा कार्यरत रहेकी रुद्रादेवी शर्मा कास्की पठाइएको छ।
कास्कीका तत्कालीन सीडीओ भरतमणि पाण्डे मन्त्रालय तानिएका छन्। त्यस्तै, शंकरहरि शर्मा धनुषाको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् भने अरुण पोखरेल पाँचथरको सीडीओ बनेका छन्।
गृह मन्त्रालयले गरेको यो सरुवासँगै सम्बन्धित जिल्लामा प्रशासनिक नेतृत्व परिवर्तन भएको छ।


0 comment