काठमाडौं । जेष्ठ १५ गते रत्नपार्कबाट शान्तिपुर्ण जनप्रदर्शन गरेको राष्ट्रवादीहरुले आज पनि प्रदर्शन जारी राख्ने भएको छ । आज उनीहरुले काठमाडौको माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् ।
राजसंस्था र सनातन हिन्दुराष्ट्रको पुनर्स्थापनाको मागसहित उनीहरु जनप्रदर्शन गर्दै आएका हुन।
हिजो रत्नपार्कमा भएको जनप्रदर्शनमा सम्बोधन गर्दै राष्ट्रबादी नेता पशुपती शम्सेर जबरा, प्रकाश चन्द्र लोहनी ,कमल थापा र राजेन्द्र लिङ्देनले गणतन्त्रको नाममा लुटतन्त्र भैरहेको र दिनानुदिन भ्रष्टाचार मौलाउदै जानुका साथै हत्या अभियोगमा जेल सजाय काटी रहेका आफ्ना पार्टिका नेताहरुलाइ उन्मुक्ती दिने काम भैरहेको हुदा यस्तो बेथिती लाइ बढावा दिने निरकुश ब्यवस्था फालेर राजसंस्था र सनातन हिन्दुराष्ट्रको पुनर्स्थापना नभए सम्म आन्दोलन जारी रहने बताएका थिए।
यस्तै उनीहरुले संघीयता खारेजीको माग राख्दै आएका छन् । अनिश्चितकालीन आन्दोलन गरिरहेका राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।


0 comment