काठमाडौं - राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादीहरु काठमाडौंमा प्रदर्शन गरेका छन् । नेताहरु विभिन्न सात ठाउँमा बाँडिएर र्यालीको नेतृत्व गरेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व गरेको उक्त जुलुस मैतिदेवीबाट सुरु भएको थियो। यस्तै कमल थापा र नवराज सुवेदीले नेतृत्व गरेको जुलुस सिफलबाट निस्केको थियो। र्यालीमा सहभागिहरु पार्टीको भन्दा पनि राष्ट्रिय झण्डा बोक्ने बढी देखिन्थे ।
विभिन्न ठाउँबाट निस्किएको जुलुस रत्नपार्कमा गएर वृहत आन्दोलनमा परिणत भएको छ । राप्रपा, राप्रपा नेपाललगायत राजावादी समूहका नेताहरु र्यालीमा अग्रपंत्तिमा देखिन्थ्यो ।
राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी भएन । र्यालीमा सहभागीहरुले राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा चर्का नारा लगाएका थिए ।
यसैबीच राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई कार्यकर्ताहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ । दुई जनालाई रत्नपार्कबाट नियन्त्रणमा लिएको हो । उनीहरुको बारेमा प्रहरीले सोधखोज गरिरहेको छ ।


0 comment