काठमाडौं - काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधेको ६ दिनपछि पाण्डेले जवाफ दिएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै गत जेठ ६ मा पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए । सात दिनभित्र स्पष्टीकरण पेस नगरे वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको थियो ।


0 comment