काठमाडौ - जब मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलि एयर्पोर्टबाट हट्यो त्रिभुवन बिमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिबिधी अगाडि बढायो र शंकास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानी सहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइयो । त्यस बखत म ८ न पिलरमा DSP को रुपमा नेतृत्व गर्दै थिए उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दा को अनुसन्धान तथा कारबाही गर्दथ्यो । तसर्थ एयर्पोर्टबाट आएका कागजात ३ न पिलरमा आए । उक्त पिलरले ठगी हेर्ने हुदा स्वभाबिक भयो । एक महिनाको अनुसन्धानमा राहदानी आउने अनि जस्को हो उसैलाई फिर्ता दिने कार्य भयो ।
त्यसबाट अपेक्षित परिणाम नआए पछि तत्कालिन SP रबिन्द्र रेग्मी सर ले SSP सोमेन्द्र सिंह राठौर सर सङ्ग सल्लाह गरेर उक्त भिजिट भिषा प्रकरण ८ न पिलरबाट मलाई हेर्न निर्देशन भए पश्चात् मेरो जिम्मेवारी तोकियो । तत्पश्चात मेरो नेतृत्वको टोलिले गहिरिएर अनुसन्धान गर्दा सबै नक्कली कागजात तयार गर्ने, काम ल्याउने दलाल, कन्सल्टेन्सी, ट्राभल ब्याबसायी, म्यानपावर, होटल र एयरलाइन्स, अध्यागम, श्रम बिभाग र प्रहरिका केही अधिकारीको मिलोमतो मा ठूलो तस्करी संचालित भएको देखिए पछि मैले अनुसन्धान प्रतिवेदन पेश गरेको मा तत्कालिन कार्यालय प्रमुख SSP सोमेन्द्र सिंह राठौर ले कसैलाई नछाडी जरैमा पुग्न जुन साहसिक निर्देशन दिनु भएको थियो तत्पश्चात २० जना दलाल, २० वटा ट्राभल, ८ क्स्न्सल्टेन्सी, नेता र कर्मचारी गरि ३७ जना नियन्त्रणमा लिएर मानव तस्करी, किर्ते र सङठित अपराध मुद्दा चलाइएको थियो । उक्त मुद्दा लाई सङठित मा लैजान हामिले सरकारी वकिल सङ्ग नोक झोक नै गर्नु परेको थियो र मैले अनुसन्धान गर्दा मलाई अख्तियारमा१६ पाने भोर्याउने धम्की पनि नदिइएको हैन । कुनै कुरालाई पर्वाह नगरी पत्रकार सम्मेलनबाट आफ्नो तालुक कार्यालय गृह मन्त्रालयका अधिकारिको संलग्नता मानव तस्करी भएको र दैनिक डेढ करोड देखि २ करोड कर्मचारीले लिने गरेको निर्भीकताका साथ तथ्यमा आधारित भएर बोलेको थिए ।
जुन कुरा ब्याबसायिक र निडर हिम्मतिलो कार्यालय प्रमुख सोमेन्द्र सर को कारणबाट सम्भब भएको थियो । पछि अनुसन्धान भएर कतिपय पुर्पक्षका लागि थुनामा समेत गए र कतिपय धरौटीमा छुटे । उक्त file अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको थियो । दुई बर्ष न भयो बल्ल । आशा गरौ अनुसन्धान हुँदै होला । धेरै दलाल र ठूला तस्करीमा सलग्न दुबइ र भारत गएर बस्नु पर्यो । त्यस्तो स्थिती सिर्जना गरिदिए पछि मेरो सरुवा गराउन ठूलो थैली को जोहो गरेर बुझाएको हल्ला चल्यो । नभन्दै मेरो सरुवा भयो । सरुवा कसरी भयो र किन कार्यालय प्रमुख्ले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा २,३ दिन अगाडि हटेका गृहमन्त्री नारायण काजी श्रेष्ठले टिपाएको र तत्कालीन igp वसन्त कुवर को जोडबल मै भएको बुझिए पछि ssp सोमेन्द्र सरले रोक्न हालका igp तत्कालीन मेट्रो प्रमुख दिपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो जस्का कारण सरुवा रोकिएन । पछि तत्काल गृहमन्त्री फेर बदल पश्चात् मैले गृहमन्त्री रबि लामेछाने लाई एउटा पत्र लेखे जस्को कारण मेरो सरुवा कानुन त रोकिएन किनकी बदर गर्दा रकम फिर्ता गर्नु पर्थ्यो । तसर्थ मौखिक रुपमा रवाना नगरी त्यही काम गर्न भनियो । मैले लेखेकोनपत्र पछि सार्बजनिक गर्नेछु ।
तसर्थ साच्चिकै अनुसन्धान गरेर तस्करी नियन्त्रण गर्ने र शुशाशन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्दछ । त्यसो गरियो भने एकाद बाहेक कुनै गृहमन्त्री, श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालय टिम समेत कानुनी कठघरामा उभिने छ । अहिले सहसचिब तिर्थ भट्टराइ लगायत अख्तियारको अनुसन्धान को दायरामा रहेकोले हिम्मत गर्नु पर्दछ । अख्तियार प्रमुख ज्यु ले इतिहासमा नाम लेखाएर जनताको मनमा बस्ने अबसर आएको छ । यो विषय सुक्ष्म र निस्पक्ष अनुसन्धान हुने हो भने ठूलो उथल पुथल हुने निश्चित छ । अबसर लाई सदुपयोग होस । शुभकामना ।
(प्रहरी नायब उपरीक्षक गोबिन्द पन्थीले सामाजिक सन्जालमा पोस्ट् गर्नु भएको सामग्री जस्ताको तस्तै सम्प्रेशन गरेका छौ)


0 comment