काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।
गभर्नर नियुक्तिपछि पहिलोपटक दुई शीर्ष नेताबीच भएको यो भेटमा समसामयिक राजनीतिक घटनाक्रम, आगामी जेठ १५ मा प्रस्तुत हुने बजेट तथा गणतन्त्र दिवसका कार्यक्रमबारे छलफल केन्द्रित भएको सभापति देउवाको सचिवालयले जनाएको छ।
देउवाका साथ उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र कृषिमन्त्री रामनाथ अधिकारी सहभागी थिए। एमालेतर्फ प्रधानमन्त्री ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए।
भिजिट भिसा प्रकरणका कारण आलोचना झेलिरहेका गृहमन्त्री लेखक पनि भेटमा सहभागी गराइएका कारण राजनीतिक वृत्तमा यो भेटप्रति चासो बढेको छ।


0 comment