ल्काठमाडौ: जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १४ बल्खु स्थितमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बल्खु स्थित सडक खण्डमा शङ्कास्पद तवरले हिँडिरहेको अवस्थामा प्रहरीले ४ जनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जिल्ला सिन्धुली, गोलञ्जोर गाउँपालिका २ घर भइ जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका ४ बस्ने वर्ष २४ को होम राज श्रेष्ठ , जिल्ला काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका २ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १२ टेकु बस्ने वर्ष २३ को रविन श्रेष्ठ,जिल्ला नुवाकोट, तारकेश्वर गाउँपालिका ४ घर टेकु बस्ने वर्ष २१ को सुरेन्द्र अछामी, जिल्ला धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका ४ घर भइ टेकु बस्ने वर्ष २५ को विजय आले मगर रहेका छ्न ।प्रहरीले ?निहरुको साथबाट ,लागु औषध ट्रामाडोल - १०६७ क्याप्सुल, नगद १९ हजार ५ सय नगद रुपैय र विभिन्न कम्पनिका मोबाइल ६ थान पनि बरामद गरेको छ।
प्रहरीले होम राज श्रेष्ठलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा खुल्न आएका लागु औषधको कारोबारमा संलग्न अन्य ३ जनालाइ सामानहरू सहित नियन्त्रणमा लिइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ६ को म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।


0 comment