जिल्ला प्रहरी परिसर काठमाडौंले सुन र चादी जस्तो देखि धातु सहित १ जनालाइ पक्राउ गरेको छ, । पक्राउ पर्नेमा
देश भारत, महाराष्ट्र सोलापुर घर भइ काठमाडौं महानगरपालिका कोटेश्वर बस्ने श्रीराम ज्वेलर्शका सञ्चालक वर्ष २७ को योगेश श्रीमंत मगर रहेका छन।
काठमाडौं महानगरपालिका ३२ कोटेश्वर ओपी मार्ग स्थितबाट प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मगरलाई सामानहरू सहित पक्राउ गरेको थियो।मगरको साथबाट प्रहरीले सुन जस्तो देखिने पहेँलो धातु - ७३४ दसमलब २९ ग्राम,चाँदी जस्तो देखिने सेतो धातु ९ किलो ५०० ग्राम र नगद २८ लाख ९३ हजार रुपैया बरामद गरेको थियो।
पक्राउ परेका मगर माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।


0 comment