काठमाडौं - चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटमा दुई ट्रक एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।
आज बिहान ६ः५० बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् । दुवै ट्रकमा क्षति पुगेको छ ।
घाइतेको भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


0 comment