काठमाडौ: बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै ठगी गर्दै आएका ४ जनालाइ काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. १२ स्थायी घर भैइ जिल्ला काठमाण्डौं वडा नं. ३२ बस्ने वर्ष ३६ कि रन्जना अधिकारी,जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका वडा नं.०३ स्थायी घर भएका हाल जिल्ला काठमाण्डौं वडा नं.०२ बस्ने बर्ष ५२ का लोकजन खड्का ,जिल्ला तनहुँ भानु नगरपालिका वडा नं.०८ स्थायी घर भैइ हाल जिल्ला काठमाण्डौँ तार्केश्वर नगरपालिका वडा नं.०४ बस्दै आएका बर्ष ४३ का बिकाश गुरुङ्ग, जिल्ला ताप्लेजुङ पाथिभरा याङ्वरक गाउपालिका वडा नं.०१ स्थायी हार भैइ हाल जिल्ला काठमाण्डौं वडा नं. ३१ बस्द्सी आएका बर्ष ४० का यादब प्रसाद घिमिरे,
पिडितहरुले आफुहरु ठगिएको भन्दै काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए पछि उनिहरुलाई काठमाडौको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रबक्ता काजीकुमार आचार्यले जानकारी दिनु भयो।


0 comment