काठमाडौं:  जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौबाट अबैध मोबाइल सहित २ जनालाइ पक्राउ गर्व्को छ।पक्राउ पर्नेहरुमा जिल्ला नुवाकोट, विदुर नगरपालिका १३ घर भइ काठमाडौं बाफल बस्ने वर्ष २४ को शंखर श्रेष्ठ ,जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका २ बस्ने वर्ष २३ को कुशल सिलपकार रहेका छन।

पक्राउ पर्नेहरु माथि शका लागि काठमाडौ महानगरपालिका ३२ बालकुमारी स्थित सडक खण्डमा चेकजाँचको क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले Vivo ३० थान, Samsung २५ थान, Oppo १७ थान, Realme १६ थान, Redmi १३ थान, iPhone १३ थान, One Plus   १० थान, Motorola ६ थान, Nokia ३ थान र अन्य कम्पनीका ३५ थान गरी जम्मा १६८ थान अवैध मोबाइलहरू सहित २ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो।