काठमाडौं - काठमाडौँको गौशालामा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको छ। एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका ७ वटा सावरी साधनलाई ठक्कर दिएको थियो।
दुर्घटनामा तीन जना घाइते भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए। बसले ठक्कर दिँदा एउटा माइक्रोबस, तीनवटा मोटरसाइकल,दुईवटा मोटरसाइकल र एउटा स्कुटरमा क्षति पुगेको छ ।
क्षति हुने सवारी साधनमा बा ५ ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र-०१-०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटर साइकल, बा.प्र-०२-०४६ प ४८१९ नम्बरको स्कुटर रहेको प्रहरीले जनाएको छ। बसका चालक भने फरार रहेको एसपी बोहोराले बताए ।


0 comment