काठमाडौं - नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई आज (बुधाबार) प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण गराएका हुन्।
गभर्नर सिफारिस समितिको बैठकले सिफारिस गरेका तीन जना मध्येबाट मन्त्रिपरिषद्कोले पौडेललाई गभर्नरमा नियुक्ति गरेको हो। गभर्नर रिक्त भएको करिब २ महिना पौडेल गभर्नर नियुक्त भएका हुन्। उनी नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर हुन्।


0 comment