काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) को रिक्त उपकुलपति पदमा नियुक्तिका लागि तीन सदस्यीय सर्च कमिटी गठन गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित समितिमा शिक्षा सचिव दीपक काफ्ले र राष्ट्रिय योजना आयोगकी सदस्य डा. गीता अधिकारी पौडेल सदस्यको रूपमा सहभागी छन्।
प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले उपकुलपति छनोट प्रक्रिया अघि बढाउन उक्त सर्च कमिटी गठन गरेका हुन्।
यसअघि उपकुलपति केसरजङ्ग बरालले राजीनामा दिएपछि त्रिविको उपकुलपति पद रिक्त भएको थियो। अब सर्च कमिटीले उपयुक्त उम्मेदवार छनोट गरी नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाउनेछ।


0 comment