काठमाडौ: जिल्ला प्रहरी परिसर काठमाडौंले हत्यामा सलग्न ५ जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा 
जिल्ला रामेछाप, सुनापती गाउँपालिका ४ घर भइ  काठमाडौंको गोकर्णेश्वर नगरपालिका बस्ने वर्ष २९ को प्रविण तामाङ,जिल्ला सर्लाही, बाग्मती गाउँपालिका ३ घर भइ जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका २  बस्ने वर्ष २३ को समिर वाईवा तामाङ,सोही ठेगाना बस्ने वर्ष २६ को अभिसेक वाईवा तामाङ,जिल्ला सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका ६ घर भइ सोही ठेगानामा बस्ने वर्ष २९ को दिपेन्द्र भुजेल र जिल्ला काभ्रेपलान्चोक, चौरीदेउराली गाउँपालिका ७ बस्ने वर्ष २८ को अनुराग तामाङ रहेका छन ।

यो समुहले गोकर्णेश्वर नगरपालिका २ नयाँपाटी स्थितमा एक किराना पसलमा बसिरहेका सोही ठेगाना बस्ने वर्ष ३७ को बलिन्द्र प्रकाश राईलाई गम्भीर घाइते बनाई उपचारको क्रममा मृत्यु भएको थियो ।

घाइतेको मृत्यु भए पछि फरार रहेका  ५ जनालाई विभिन्न मितिमा पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त भइ सो सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रबक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनु भयो ।