काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौको टोलिले काठमाडौं महानगरपालिका २४ जुद्दसालिकबाट २० भन्दा बढि लाख रुपैया सहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक, बाहबिसे नगरपालिका ४ पलाती घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने वर्ष २४ को संजय बस्नेतलाई २० लाख २९ हजार रुपैया सहित प्रहरीले पक्राउ गरेको हो।
प्रहरिले बस्नेतको साथबाट हस्ताक्षर गरेको तथा खाली विभिन्न बैकको चेकहरु पनि बरामद गरेको थियो। पक्राउ परेका बस्नेत माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।


0 comment