काठमाडौं —चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय बालभेला सम्पन्न भएको छ । उक्त बालभेलाबाट बालबालिकाका हकहितमा निमार्ण गरेका योजना सोही नगरका उपप्रमुख बसन्ती श्रेष्ठलाई बालबालिकाले हस्तान्तरण गरेका छन । चन्द्रागिरि नगरपालिकाले बालबालिकाको योजनाहरुलाई विशेष प्राथमिकताका साथ नगरका योजनाहरुमा समेटने गरेको कुरा उपप्रमुख श्रेष्ठले बताउनु भयो । विगतका वर्षहरुमा बालबालिकाले यसरी नै योजना बुझाएका थिए । ती योजनाहरुलाई पनि प्राथमिकताका आधारमा क्रमश नगरका योजनामा समावेश गर्दै लगिएको र चन्द्रागिरि नगरपालिकालाई छिटटै बालमैत्री नगरपालिका घोषणा प्रक्रियाका लागि काम तिब्र रुपमा अगाडी बढाइएको उपप्रमुख श्रेष्ठको भनाई थियो । सिंगो नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषित गर्ने अभियानमा बाल विकास समाज वल्र्डभिजन नेपाल लगायतका संघसंस्थाहरुले सहकार्य गरिरहेको बताउर्दै बालबालिकाहरुले हस्तान्तरण गरेका बालहकहितका योजनाहरु नगरका योजना तथा कार्यक्रममा समेटनका लागि नगरपालिका पूर्ण प्रतिवद्ध रहेको पनि उपप्रमुख श्रेष्ठले बताउनु भयो ।

बालबालिकाहरुले तयार गरेका योजनाहरुमा विद्यालयमा बालमैत्री वातावरण निमार्ण, आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, लागु पदार्थ सेवन र अलनाइन सुरक्षाका सम्बन्धमा चेतनामुलक कार्यक्रमहरु समुदायस्तरमा गर्नुपर्ने, बालश्रम बालशोषण बालविवाह जस्ता बालबालिकाहरुमाथी हुने हिंसाका विरुद्धमा नगरपालिकाले समुदायस्तरमा व्यवपक जनचेतना जगाउने कार्यक्रम गर्नुपर्ने, नगरस्तरीय समितिले हरेक वर्ष समुदायस्तरमा गुनासो सुनुवाई गर्नुपर्ने, विद्यालय तथा सार्वजनिक स्थानमा बालमैत्री अपाङगमैत्री शौचालयको व्यवस्थापन गरिनुपर्ने, विद्यालयहरुमा विज्ञान ल्यावको व्यवस्थापन लगायतका विषयहरु समेटिएका थिए ।

वडास्तरबाट संकलन हुने योजनाहरुमा धेरै पालिका तथा वडाहरुले बालबालिकाको आवाज सुनेर त्यसलाई पालिकास्तरको कार्यक्रममा समावेस गर्ने अभ्यास सुरुवात गरेका छन । ललितपुर महानगरपालिका वडा नं. २२ र २८ ले पनि बालभेला गरी बालबालिकाका आवाजलाई सुन्ने काम गरेको छ । ती वडाहरुमा पनि बालबालिकाहरुले बालबालिकाका हकहितमा गरिने कार्यक्रमहरुको योजना तयार गरेका छन् । योजनाहरुमा बालउद्यान निर्माण, छात्रवृत्ति व्यवस्थापन, बालहिंसाको अन्त्य, बाल दुव्र्यसन हटाउने लगायतका विषय समेटिएको बालक्लवका अध्यक्षको भनाई थियो । भेलाले तयार गरेका योजनाहरु क्रमश सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिने वडा नं. २८ का वडास्तरीय बालअधिकार समिति संयोजक शरणलक्ष्मी महर्जनले बताउनु भयो ।

योजना निमार्ण कार्यका लागि गरिएको बालभेला कार्यक्रममा विभिन्न विद्यालय र समुदायबाट बालबालिकाहरुको बाक्लो उपस्थिती रहेको थियो भने बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालबाट बालभेला कार्यक्रमका लागि सहयोग प्राप्त भएको थियो । हरेक वर्ष बालभेला कार्यक्रमका लागि आवश्यक सहयोग सहजिकरण गर्ने कार्यका लागि बाल विकास समाजले महत्वपूर्ण भूमिका खेलेको कुरा संस्थाका फिल्ड अधिकृत दिपेन्द्र पराजुलीले बताउनु भयो ।


0 comment