काठमाडौ : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १६ पकनाजोल स्थितमा लागु औषधको कारोबार भइरहेको भन्ने सूचना प्राप्त भइ खटिएको प्रहरी टोलीले उक्त स्थानबाट निम्न व्यक्तिहरूलाई १०६० ग्राम अफिम सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जिल्ला रोल्पा, सुनिल स्मृति गाउँपालिका ५ काप्रा बस्ने वर्ष ४५ को रुद्र बहादुर थापा,सोही ठेगाना बस्ने वर्ष ३६ को राकेश परियार रहेकाछ्न।
पक्राउ पर्नेहरुलाई प्रहरीले सम्मानित काठमाडौं जिल्ला अदालतबाट ५ दिन को म्याद थप अनुमति प्राप्त भइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।


0 comment