काठमाडौं - धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१, रम्दैयास्थित वाटरल्यान्ड पार्कमा शनिबार विद्यार्थीबीच झडपसँगै तोडफोड भएको छ।

कक्षा १२ का परीक्षार्थीहरूलाई विशेष छुटमा प्रवेश दिने योजनाअन्तर्गत भीड बढेपछि नुहाउने क्रममा विवाद सिर्जना भएको थियो। विवादले उग्ररूप लिँदै झडप र ढुङ्गामुढासम्म पुगेको प्रहरीले जनाएको छ।

झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रयोग गरेको छ। हाल पार्क वरिपरि स्थिति तनावग्रस्त भए पनि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।