काठमाडौ :जिल्ला प्रहरी कास्किले चोरी तथा डाका गरेको आरोपमा कास्किको विभिन्न स्थानबाट ५ जनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा तनहु जिल्ला शुक्लागण्डकी  नगरपालिका वडा नम्बर १० शाखे बस्ने ढुङ्गा गिट्टिको ठेक्का  पट्टा गर्दै आएका बर्ष२६ का कटप्पा भन्ने सुवास बि.क ,सोही ठेगानाका सवारी चालक पेशा गर्दै आएका बर्ष २३ का बिमल बि.क,तनहु जिल्ला शुक्लागण्डकी  नगरपालिका वडा नम्बर ११ दुर्गे घर हुने कालिगढ पेशा गर्दै आएका बर्ष २२ का गणेश सुनार ,जिल्ला स्याङ्जा काल्खु घर भैइ हाल पोखरा महानगरपालिका २ बस्ने बर्ष ३३ का सुरेश बि.क, सोही ठेगानाका बर्ष ५३ का दुर्गा बहादुर थापा रहेका छन।दुर्गा बहादुर थापा पोखरा रामबजार स्थित स्याङ्जा कोल्माकोट सुनचादि पसल सन्चालन गर्दै आइरहेका थिए।

समुहका नाइके सुवास बि.क को पृष्ठभुमिलाई हेर्दा २०७४साल जेष्ठ ११ गते देखि सोही महिनाको २२ गते सम्ममा कास्की जिल्लाको विभिन्न स्थानबाट १९ लाख ९९ हजार ५सय ६४ बराबरको धनमाल चोरी गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट अन?सन्धान गरि जिल्ला अदालत कास्कीबाट ५ बर्षकैद  ३ लाख ५० हजार ५ सय १५ रुपैया जरिवाना तोकेको थियो। २०७९ साल जेष्ठ १० गते सजाय भुक्तान गरि कारागारबाट छुटेर बैदेशिक रोजगारको लागि कतार गएका सुवास ३ महिनामै नेपाल फर्केका थिए ।
चोरी तथा डाका आरोपमा पक्राउ परेका पाचै जना नजिकका नातेदार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक  श्याम ओलियाले बताउनु भयो।

प्रहरीले उनिहरुको साथबाट  अन्दाजी १२ तोला ८ लाल बराबरको सुनका गरगहना र २४ तोला बराबरको गरगहना बरामद गरेको थियो। साथै उनिहरुबाट चोरीको लागि प्रयोग हुने फलामको रड,ल्यापटप चार्जर,,सुन गाल्न प्रयोग हुने निम्पल, चिम्टी, गाजालाइ धुलो बनाउन ओरयोग हुने बट्टा पनि वरामद गरेको छ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले यो गिरोहले घरमा कोहि नभएको अवस्थामा ताला फोडेर चोरी गर्ने गरेको र चोरी गरेको गरगहना आफ्नै मामा पर्ने दुर्गा बहादुर थापालाइ दिने दुर्गा बहादुरले ब्यवस्थापन गर्ने गर्दै आइरहेको खुलेको थियो ।

गिरोहले पोखरा क्षेत्रको ९ स्थानमा र तनहुँको ३ स्थानमा चोरी गरेको बयानमा बताएका छ्न।चोरीको सख्या बढ्न सक्ने प्रहरीको आशका छ।

 चोरी गर्दा नगद रकम र सुनका गरगहनालाई प्राथमिकता राख्ने गर्दथिए भने गिरोहले चोरीको स्थान चयन गर्दा सिसि क्यामेरा नभएको स्थानलाइ निशाना बनाउने गर्दथिए।प्रहरीले गिरोहको साथबाट चोरी र चोरीको सामान ब्यवस्थापनको लागि प्रयोग गर्ने गरेको एउटा स्कुटर र एउटा पल्सर मोटरसाइकल पनि बरामद गरेको छ । 

पक्राउ परेका ५ जना माथी चोरी डाका समन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरि अनुसन्धान अगि बढाएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक  श्याम ओलियाले बताउनु भयो।