काठमाडौं - जिल्ला प्रहरी परिसर काठमाडौंको टोलिले माइक्रोबस चोरी गर्ने एकजनालाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला स्याङ्जा, बिरुवा गाउँपालिका १ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १६ बनस्थली बस्ने वर्ष १९ को सुदिप थापा रहेको छ।

काठमाडौं महानगरपालिका १६ बनस्थली स्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टर भित्रको पार्किङ स्थलबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको इलेक्ट्रोनिक माईक्रोबस चोरी गरी चलाएर धादिङ जिल्ला पुर्याएको थियो । 

थापालाई चोरीको  सवारीसाधन सहित जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा नियन्त्रणमा लिइ चोरी सम्बन्धी कसूर मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ४ को म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।