काठमाडौं - सर्वोच्च अदालतले राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई अदालतमा स-शरीर उपस्थित गराउन आदेश दिएको हो ।
मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मंगलबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । तीनकुने हिंसात्मक आन्दोलनपछि पक्राउ परेका मिश्रलाई पटक-पटक गरी आठौं पटक म्याद थप भइसकेको छ । नयाँ-नयाँ अभियोग लगाउँदै हिरासतको बसाई लम्ब्याउने काम भइरहेको मिश्रको आरोप छ ।
गत चैत १५ गते भएको राजावादीको आन्दोलनमा २ जनाको ज्यान गएको थियो भने निजी,सरकारी भवन र सवारी साधनमा आगजनी गरी क्षति पुर्याइएको थियो ।


0 comment