काठमाडौ: मिति २०८२ बैशाख ३१ गते बिहान ०६:५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगर पालिका वडा नं २४ मखन गल्लि,सुरज आर्केड पछाडी स्थितमा रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिग भई आगलागी हुँदा साथमै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा आगलागीमा परि १ जना गम्भीर घाइते भएको र एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकाती दिनु भयो। ।

उक्त स्थानमा प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दको कमाण्डमा २० जनाको प्रहरी टोली,नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली खटिई गएको, उक्त स्थानमा जुद्ध बारुद २, नेपाल आर्मी १, ललितपुर महानगरपालिकाको १, रामहिटिको १ र बालाजु औध्यौगिक क्षेत्रको १ गरी जम्मा ६ वटा दमकलको प्रयासमा आगो नियन्त्रणमा आइसकेको छ।

मृत्यु हुने र गम्भीर घाइते हुने सोही घरमा डेरा गरि बस्दै आएको भन्ने सम्म जानकारीमा आएको छ भने मृतक र घाइतेको सनाखत भैनसकेको र आगलागीबाट भएको क्षति विवरण आउन बाँकी भएको प्रबक्ता बोहराले जानकारी दिनु भयो।