लुम्बिनी:लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेन्द्र प्रसाद भट्टको प्रमुख आतिथ्यतामा मातहतका सम्पुर्ण प्रहरी इकाईहरूका कार्यालय प्रमुखहरू बिच भएको “ बार्षिक कार्य सम्पादन सम्झौता २०८१/०८२ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न भयो।
लुम्बिनी प्रदेश प्रमुख भट्टले संगठनका प्राथमिकताहरू पहिचान गरी नेपाल प्रहरी तयार गरिएको कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
डिआईजी राजेन्द्र भट्टले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउनका साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्ने र प्रशासनिक काम कारबाही चुस्त र प्रभावकारी बनाउन कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको समीक्षाद्धारा आ-आफ्ना सुधारका क्षेत्रहरू पहिचान गरि आगामी दिनमा अझ उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।


0 comment