नेपाल प्रहरीले आर्थिक अपराध अनुसन्धान गर्न प बेग्लै महाशाखा गठन गरेकोको छ ।
नव गठित महाशाखाको लागि प्रहरी बरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीलाई प्रमुखको जिम्मेवारी दिइएको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले बताउनु भयो। नेपाल प्रहरीले आर्थिक मामिलासँग सम्बन्धित मुद्दा हेर्न निम्ति आर्थिक अपराध अनुसन्धान महाशाखाको स्थापना गरेको छ । आर्थिक अपराध, विवादास्पद कारोबार एवं गैरकानूनी आर्थिक परिचालनको रफ्तार बढेपछि प्रहरीले उक्त महाशाखा स्थापना गरेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले बताउनु भयो । ठूला र जटिल किसिमका मुद्दाहरू हामीले हेर्दै आइरहेको आर्थिक अपराधमा पनि त्यही नै भइरहेको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाको भनाइ छ।
आर्थिक अपराधको रफ्तार बढेपछि जिल्ला र इलाका प्रहरी कार्यालयहरुले त्यस्ता मुद्दा हेर्नका निम्ति अलग्गै अनुसन्धान अधिकृत तोक्दै आएको छ । त्यस्ता मुद्दाको चाप काठमाडौं उपत्यकाबाहिर भन्दा उपत्यकामा बढी छ । उपत्यका केन्द्रित आर्थिक अपराध अनुसन्धान महाशाखाले उपत्यकाबाहिरका पनि उजुरी र घटनाको अनुसन्धान अधिकार दिने गरी ओएनएम गरिने केन्द्रीय प्रहरी प्रवक्ता थापा बताउनु हुन्छ ।
आर्थिक अपराध अनुसन्धान महाशाखाले काठमाडौंमा अलग्गै कार्यालय सञ्चालन गरेपछि पनि पीडितको सहजतालाई दृष्टिगत गर्दै उपत्यकाबाहिरका जिल्ला र इलाका प्रहरी कार्यालयमा पनि त्यस्ता उजुरी र जाहेरी लिने क्रम जारी रहने प्रहरीले जनाएको छ ।


0 comment