काठमाडौं:काठमाडौंको एक होटलमा आफूहरू ‘प्रहरी हुँ’ भन्दै लुटपाट र डकैती गर्ने लमजुङकी एक १९ वर्षीय युवतीसहित पुरै गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले काठमाडौंको होटलमा प्रवेश गरि आफूलाई प्रहरीको रुपमा चिनाउँदै पीडितलाई बैंक खाताबाट पैसा ट्रान्सफर गराउन लागाएर बाध्य पार्नुका साथै ज्यान मार्ने समेतधम्की दिने गरेका थिए। पक्राउ पर्नेमा सक्रिया खनिया (उदिपुर, लमजुङ), अनिष के.सी (नवलपरासी) अतीत क्षेत्री (चितवन) सन्दीप बिक (भरतपुर), सन्दीप परियार (नवलपुर) विवेक मल्ल ठकुरी, बादल तामाङ (भरतपुर) कविता राई (धरान) रहेका छन्।