नेपाल शैक्षिक परामर्श संघ (ECAN) को तर्फबाट हालै दक्षिण कोरियास्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयबाट आएका पत्रहरूप्रति गम्भीर आपत्ति जनाउँदै इक्यानका अध्यक्ष शेषराज भट्टराइद्वारा हस्ताक्षर गरिएको सार्वजनिक प्रेस विज्ञप्ति जारी गरेको छ। उक्त पत्रमा नेपाली शैक्षिक परामर्श व्यवसायमाथि गरिएको एकपक्षीय र तथ्यहीन टिप्पणीप्रति इक्यानले स्पष्ट असहमति जनाएकोछ। साथै, इक्यानले विद्यार्थीको शैक्षिक अधिकार सुनिश्चित गर्न NOC नरोकिने मागसमेत गरेको छ। सम्बन्धित प्रेस विज्ञप्ति संलग्न छ। तपाईँको माध्यममा यस विषयलाई स्थान दिइने अपेक्षा राख्दछ।