काठमाडौ - काठमाडौं महानगरपालिका १३ बाफल स्थितमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बाफल स्थित सडक किनारामा रोकी राखेको बा ९७ प ५९४२ नं. को स्कुटरमा बसिरहेको अवस्थामा श्रेष्ठलाई लागुऔषध सहित नियन्त्रणमा लिएको थियो।
प्रहरीले पक्राउ परेका ब्यक्तिको साथबाट लागु औषध नाइट्राजेपाम १ हजार ट्याबलेट, लागु औषध ट्रामाडोल - ८८ क्यापसुल, बा ९७ प ५९४२ नं. को स्कुटर - १, नगद रु. १६ हजार,मोबाइल थान - २ पनि बरामद गरेको थियो।
पक्राउ परेका ब्यक्ति माथि सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।


0 comment