राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ भएन ।
सर्वोच्चले पेसी सूचीको पहिलो नम्बरमै रहेको निवेदन हेर्न नमिल्ने जनाएको हो । न्यायाधीश सुनीलकुमार पोखरेलले रविकै तर्फबाट बहस गरिसकेकाले उनले यो निवेदन हेर्न नमिल्ने भएको हो ।
सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेको तर्फबाट पत्नी निकिता पौडेलले वैशाख ७ गते दायर गरेको निवेदनको पेसी सर्वोच्चका न्यायाधीश पोखरेल र बालकृष्ण ढकालको इजलासमा तोकिएको थियो ।
आफूलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै रिहा गर्न उनको माग छ । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरेर हिरासतमा राखेको रविको दाबी छ ।


0 comment