नारायणघाट-मुग्लिन सडक खण्डको तुईन खोला भन्ने स्थानमा ट्रक पल्टिँदा सडक पूर्ण रुपमा अवरुद्ध  बनेको सडक संचालनमा आएको छ ।  

आज बिहान करीब ७ बजे कोइला लोड गरेको वीरगन्जबाट काठमाडौँ आउदै गरेको ट्रक पल्टिदा सो सडक खण्ड अवरुद्ध बनेको थियो ।

अहिले साना सवारी साधन मात्रै संचालनमा आएको प्रहरीले जनाएको छ ।

ट्रक आफैँ अनियन्त्रित भई पल्टिएको हव ।  दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।