काठमाडौ-मारवाडी सेवा समिति नेपाल र श्री पशुपति गौशाला धर्मशालाद्वारा शिवराज नगरपालिका, कपिलवस्तुको अनुरोधमा निःशुल्क कृत्रिम खुट्टा शिविर संचालन गरी ११ जना खुट्टा गुमाई अपाङ्गता भएका मानिसहरुलाई निःशुल्क रुपमा कृत्रिम खुट्टा प्रदान गरिएको छ ।
श्री पशुपति गौशाला धर्मशालाका महासचिव श्री राजेशकुमार अग्रवालज्यू, कृत्रिम खुट्टा कार्यशालाका संयोजक एवं श्री पशुपति गौशाला धर्मशालाका कार्यसमिति सदस्य श्री अशोककुमार अग्रवाल(गर्ग)का साथै शिवराज नगरपालिकाका मेयर श्री अजय थापा र उपमेयर श्रीमती शीवकुमारी चौधरी लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा शिवराज नगरपालिकाको तर्फबाट मारवाडी सेवा समिति नेपाल श्री पशुपति गौशाला धर्मशालालई कदर पत्र प्रदान गर्नु हुँदै मेयर श्री अजय थापाज्यूले सेवा समिती र गौशालाद्वारा प्रदत्त सेवाकार्यहरुको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो ।


0 comment