धनुषाकी कञ्चन साहले सानै उमेरमा आफ्ना आमाबाबु र हजुरबा हजुरआमा गुमाएपछि उनलाई उनका मामाले हुर्काएका थिए। १९ वर्षको उमेरमा, उनले काठमाडौँको आफ्नै जातको एक जवान केटालाई भेटिन्। यो केटाले उनलाई ललाईइ फकाई काठमाडौं ल्यायो, जहाँ उसले आफ्ना आमाबाबुको उपस्थितिमा पशुपतिनाथमा उनीसँग विवाह पनि गर्यो।
त्यो केटाले उनलाई छुट्टै भाडाको घरमा राख्थ्यो र बाहिर जाँदा उनको कोठामा ताला लगाएर जान्थ्यो। उसले उनलाई हरेक दिन यौनसम्पर्क गर्न बाध्य पार्थ्यो।
गर्भवती भएपछि, केटाले उनलाई गर्भपतन गर्न बाध्य पार्यो र सम्पर्कविहिन भयो। त्यसपछि, कञ्चनलाई केटाको आमाबाबुले समेत चिन्न इन्कार गर्छन् । आज कञ्चन आफ्नो विवाह दर्ताको लागि लडिरहेकी छिन्।
पूर्ण विवरणको लागि भिडियो हेर्नुहोस्।

0 comment