मकवानपुर-प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका  वडा नम्बर १५ रातोमाटे स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा बर्दिबासबाट हेटौडातर्फ आउदैं गरेको बा. ३३ प ९९८३ नं. को मोटरसाईकल चालक जिल्ला धादिङ गंगाजमुना गाउपालिका वडा नम्बर २ घर भई हाल जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ४२ को राम कृष्ण अधिकारीलाई शंका लागि  शरीर तथा मोटरसाइकलमा समेतको खानतलासी गर्ने क्रममा राम कृष्ण अधिकारीले बोकेको झोला भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा नेपाली  ५ सयदरको नक्कली नोट १८६ थान जम्मा  ९३ हजार फेला परेको हो। 

बरामद गरिएको नक्कली नोट सहित राम कृष्ण अधिकारीलाई मुद्रा सम्बन्धी कसुर मुद्धामा सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरी बिश्वराज खड्काले जानकारी दिनु भयो ।