पोखरा: प्रहरी प्रधान कार्यालय नेपाल प्रहरीको केन्द्रीय प्रबक्ताको कार्यभार सम्हाल्दै आउनु भएका प्रहरी नायब महानिरीक्षक  दिनेश आचार्य गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा हुनुभएको थियो । प्रहरी नायब महानिरीक्षक आचार्य  पोखरा पुगि आफ्नो कार्यभार सम्हाल्नु भएको छ। 

गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक आचार्यलाई गण्डकी प्रहरी  तालिम केन्द्रका प्रमुख मुकुन्द मरासिनीले स्वागत गर्नु भएको थियो।गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र पोखरा उपत्यका स्थित मातहत कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो । स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक आचार्यले गण्डकी प्रदेश प्रहरी कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नुभयो ।