काठमाडौं - भारत-पाक तनावका कारण विकसित घटनाक्रमका विषयमा सुरक्षा परिषद्को बैठकमा बुधबार छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको बैठकमा दुई देशबीच उत्पन्न तनावले नेपालमा पर्न सक्ने असर र सम्भावित चुनौतीका विषयमा भएको छ ।
साथै नेपालले अपनाउनुपर्ने संयमता र सुरक्षा रणनीतिका विषयमा छलफल भएको छ। बैठकमा सेनाका तर्फबाट नेपालले अपनाउनुपर्ने संयमताका बारेमा ब्रिफिङ भएको र सीमा क्षेत्रको सुरक्षाका बारेमा पनि छलफल भएको जनाइएको छ । बैठकमा प्रधानमन्त्री ओलीसँग अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए।


0 comment