काठमाडौ- विशेष सूचनाको आधारमा यस जिल्ला प्रहरी परिसर काठमाडौको टोलिले अबैध रकम सहित २ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा भारत, कलकत्ता ६ डि नर्थ रोड यादवपुर घर भइ काठमाडौँ महानगरपालिका २३ ओमबहाल बस्ने वर्ष ६७ को सुरज दत्त र जिल्ला रुपन्देही, देवदह नगरपालिका घर भइ चन्द्रागिरी नगरपालिका १५ तिनथाना बस्ने वर्ष ६३ को धर्म प्रसाद ढकाल रहेका छन।
काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा खानतलासी गर्दा व्यक्तिहरूलाई नगद ४० लाख३२ हजार ५ सय हुन्डीको रकम सहित २ जनालाइ नियन्त्रणमा लिएको थियो।
पक्राउ परेकाहरू k साथबाट Samsung कम्पनीको A55 मोबाइल थान - १
Samsung कम्पनीको A50 मोबाइल थान १
विभिन्न बचत तथा ऋण सहकारी संस्था लि. को हस्ताक्षर मात्र गरेको खाली चेक थान - २
विभिन्न बचत तथा ऋण सहकारी संस्था लि. को चेक थान १९,विभिन्न बचत तथा ऋण सहकारी संस्था लि. को पासबुक थान - ११ प्रहरीले पनि बरामद गरेको थियो।
नियन्त्रणमा लिइएकाहरु माथिथप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।


0 comment