काठमाडौं - वामपन्थी नेता तथा पूर्व मन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेपालको आज अपराह्न ४:१५ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो। केही दिनअघि अस्पताल भर्ना गरिएका उनलाई सोमबारदेखि आईसीयूमा राखिएको थियो।
विसं २०१० मा जन्मिएका नेपाल तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला, २०५१ सालमा सञ्चार मन्त्री बनेका थिए। त्यसपछि उनले शिक्षा मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए। उनी नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहिसकेका छन्।
राजनीतिक जीवनमा लामो समय समर्पित गरेका नेपाल शालीन व्यवहार, गहिरो विश्लेषण क्षमता र सिद्धान्तप्रतिको प्रतिबद्धताका कारण चिनिन्थे।
उनको निधनले नेपाली वाम आन्दोलनले एक अनुभवी नेतालाई गुमाएको छ।


0 comment