पर्सा:जिल्ला प्रहरी कार्यालय पर्साको टोलिले३ बर्ष देखि कर्तब्य ज्यान मुद्धामा फरार एकजनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा जि.पर्सा जिल्ला पोखरिया नगरपालिका वडा नं.५ निवासी बर्ष३६ का सिकेन्द्र प्रसाद चौहान रहेका छन।
पर्सा पोखरिया नगरपालिका वडा नं.६ श्रीसिया बस्ने शंकर प्रसाद महतो चाईको छोरा वर्ष ३३ को धर्मेन्द्र प्रसाद चौहानको विहे सामाजिक परम्परा अनुसार जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं.५ सतवरिया बस्ने सुभाष प्रसाद चौहानको छोरी निषा कुमारी चौहानसंग मिति २०७६ बैशाख ४ गते विवाह समपन्न भइ वेहुली बिदाई गर्न नमानेको बिषयलाई लिएर वेहुला वेहुली पक्षका आफन्तहरूबीच मनमुटाव भएको थियो।
सोही निहुमा २०७९ बैशाखव ९ गते जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं.४ वाल उधान अंग्रेजी बोर्डिङ स्कूलको प्राङ्गणमा एक आपसमा झै-झगडा हुँदा वेहुलाको वुवा शंकर प्रसाद महतो चाईको टाउकोमा गम्भिर चोट लागेको थियो ।
उपचारको लागि काठमाडौ स्थित सहिद गंगालाल अस्पताल लगिएकोमा उपचारकै क्रममा मिति २०७९ असार ११ गते काठमाण्डौमा मृत्यु भएको घटना सम्बन्धमा पीडित पक्षबाट दिएको किटानी जाहेरी दरखास्त अनुसार घटनामा संलग्न मध्येका आरोपितहरूलाई खोजतलास भइरहेकोमा ३ वर्ष पछि मिति २०८२ बैशाख २२ गते जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं.५ सतवरिया स्थितबाट आरोपित मध्येका फरार चौहानलाई पक्राउ गरेको थियो।
पक्राउ परेका चौहान माथि ज्यान सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालतबाट दिन-७ म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता सुबास भट्टले जानकारी दिनु भयो ।

.jpg)
0 comment