राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि सांसद रोशन कार्कीले पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रलाई ४० दिनदेखि हत्कडीसहित हिरासतमा राखिएको भन्दै त्यसप्रति आपत्ति जनाइन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले आस्थाका कारण सरकारले सुनियोजित ढंगले उनलाई हिरासतमा राखेको भन्दै तीनकुने घटना सरकारले नै गराएको आरोप लगाइन्। 
संसदको पाँचौं ठूलो दलको नेतालाई हत्कडी लगाएर थुन्न नपाइने बताइन् ।

उनले जुन पार्टीसँग सरकारको रिस थियो त्यसकै पार्टीमा आगजनी गरिएको उनको भनाइ थियो। प्रधानमन्त्रीको अध्यक्षतामा सुशासन समिति गठन हुनु हास्यास्पद भएको बनाइन्। उनले प्रश्न गरिन् , ‘सुशासनभित्र एकजना पार्टीका नेतालाई बिना कारण थुन्न पाइन्छ?’

उनले भनिन् , ‘न्यायिक छानबिन समिति गठन गर्न सरकार किन चाहिरहेको छैन । के दोषी आफै देखिन्छ भनेर सरकारले न्यायीक छानबिन समिति गर्न डराएको हो?’
८५ वर्षीय नवराज सुवेदीलाई नजरबन्दमा राख्नु न्यायचित नभएको जनाउँदै उनले वर्तमान सरकारलाई काथरको संज्ञा दिइन् ।