काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौको टोलिले अबैध रकम सहित ४ जनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला काठमाडौँ, तार्केश्वर नगरपालिका ३ फेदी घर भएका वर्ष २९ को समुन्द्र जमकट्टेल, जिल्ला सप्तरी, सप्तकोशी नगरपालिका १ घर भएका वर्ष ४३ को गणेश राई, जिल्ला लमजुङ, दोदी गाउँपालिका ३ घर भएका वर्ष ३१ को सन्तोष गुरुङ, सोही ठेगानाका वर्ष ३९ को सन्तोष घिमिरे रहेका छन् ।
पक्राउ परेकाहरु काठमाडौं महानगरपालिका ९ पिङ्गलास्थानस्थित पशुपति भिजन सडक अगाडीब२ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा रहेको हुनाले ४ जना व्यक्तिहरूको साथमा रहेको झोला र खानतलासी गर्दा स्रोत खुल्न नसकेको रु. ९५ लाख १७ हजार ५ सय रुपैयाँ रकम फेला परेको थियो ।
पक्राउ परेका ४ जना माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनुभयो ।


0 comment