काठमाडौं — योगका विभिन्न विधाका विषय विज्ञहरुमार्फत १०० घण्टे योग शिक्षक तालिम वडा वासीहरुका लागि सञ्चालन भएको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मिठाराम अधिकारीले भन्नुभयो यो नगरपालिकालाई योग प्रेमी नगरपालिकाको रुपमा अगाडी बढाउने अभियानको साथमा नगरपालिका रहेको छ । अधिकारीले बूढानीलकण्ठलाई योग हवको रुपमा विकास गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको पनि बताउनु भयो ।

नगरप्रमुख अधिकारीले अव नयाँ वडा बनिरहेकोले सबै वडा कार्यालयको टपमा ट्रस्ट बनाएर योग हल बनाउने बताउनु भयो । योग विधि व्यक्तिलाई स्वस्थ्य बनाउने एक अचुक उपायको रुपमा रहेको उल्लेख गर्दै सहकार्यको लागि योग प्रेमी परिवारलाई विशेष धन्यवाद समेत नगर प्रमुख अधिकारीले दिनु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका सभाध्यक्ष तथा बुनपा १२ का वडा अध्यक्ष शम्भू प्रसाद भट्टराईले वडावासीहरुलाई आगामी दिनमा पनि योग शिविरको व्यवस्थापन गर्ने कुरा बताउदै तपाईहरुलाई जहाँजतिखेर समस्या हुन्छ वडाका जनप्रतिनिधिहरु तपाईका समस्या समाधान गर्न सधै तयार रहन्छन भन्नु भयो ।

अब योग शिक्षकलाई एडभान्स कोर्स आवश्यक रहेको र यसका लागि वडा तयार रहेको वडा अध्यक्ष भट्टराईले बताउनु भयो । योग शिविरका लागि तालिम प्रमुख प्रशिक्षक भानु भक्त दाहालले आफूसँग समन्वय गरेपछि वडाले बाल विकास समाजको हलमा गर्नका लागि भनेको र सोही अनुसार योग सहयोगी शिक्षक पनि तयार भएकोमा म निकै खुशी भएको वडा अध्यक्ष भट्टराईको भनाई थियो ।

१०० घण्टे तालिममा सहभागी भई प्रथम हुने सुष्मा कोइराला, द्धितीय हुने शिला श्रेष्ठ र तृतीय हुने बल बहादुर भुजेल र यामुना थापासहित योग प्रेमी परिवार नेपालद्धारा सोमनाथ मन्दिर परिसरमा वैद्धिक वेदका मन्त्रोच्चारण सहित होम होमादी विधिबाट दिक्षित भएका ३१ जना नयाँ योग शिक्षकलाई सम्मान पत्रसहित दिक्षित गरिएको थियो । कार्यक्रममा तालिमका सहभागीहरुले योगका विधि प्रक्रियाबारे मुख्य विषयहरुको डेमो समेत देखाउनु भएको थियो । योग प्रेमी परिवार नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त योग प्रशिक्षकहरू तालिम प्रमुख प्रशिक्षक भानुभक्त दाहाल, योग मनोपरामर्श विज्ञ डाक्टर सुमित्रा घिमिरे, प्रशिक्षकहरूः भीमप्रसाद आचार्य, पदम बहादुर कार्की सुनोज श्रेष्ठ, भरत गुरुङ, निरकुमारी भट्टराईहरुले तालिमलाई प्रशिक्षण गराउनु भएको थियो ।

१०० घण्टाको सहयोगी एक शिक्षक तालिममा प्रयोगात्मक योग अभ्यास शरीर रचना तथा क्रिया विज्ञान भोजन पोषण योगदर्शन, योग तथा प्राकृतिक चिकित्साका विषयवस्तु समेटेर प्रशिक्षण भएको थियो । तालिममा योग तथा प्राकृतिक चिकित्सक डाक्टर जनकबहादुर बस्नेतले योग तथा प्राकृतिक चिकित्सा वेलनेस अस्पताल महाराजगञ्जमा योग तथा प्राकृतिक चिकित्साका विभिन्न विषयमा प्रयोगात्मक कक्षा तथा अभ्यास पनि गराउनु भएको थियो । तालिममा मर्म चिकित्सा मुद्रा चिकित्सा उद्घोषण तथा भाषणकलाको अभ्यास पनि गराइएको थियो ।
योगले रोग निको हुने भन्दा पनि जिवनको सिस्टममा परिवर्तन ल्याउने र सिस्टम र विधिमा जीवनको दैनिकीलाई अभ्यास गराउन सकियो भने धेरै प्रकारका रोगको लागि योग विधि औषधीकै रुपमा लाभदायी हुने विश्वास गरिन्छ । पछिल्लो समय योग अभ्यासमा मानिसहरुको आकर्षण बढदो क्रममा रहेको पाइन्छ ।

५६ औं दिनमा समापन गरिएको कार्यक्रममा वडा सदस्य शान्ता ढकाल, मिना वयलकोटी, पूर्व प्रमुख जिल्ला अधिकारी योग तालिमका विषय विज्ञ डा.सुमित्रा घिमिरे,समाजसेवी, सञ्चारकर्मी, शुभप्रभा सेविङ एण्ड क्रेडिटका प्रबन्धक, सुभाष खड्का, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु संरक्षक÷तालिम प्रमुख भानुभक्त दाहाल करिव १३ जना प्रशिक्षक, ८ जना सहायक प्रशिक्षक तथा योगका साधक साधिकाहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन योगप्रेमी परिवार नेपालका महासचिव पदम बहादुर कार्कीले गर्नुभएको थियो । योग प्रेमी परिवार नेपालले तालिममा योगदान पु¥याउनु हुने वडा नम्बर १२ कार्यालय, बाल विकास समाज र बालकुमारी माध्यमिक विद्यालयलाई सम्मान पनि गरेको थियो ।
तालिममा शिक्षार्थीहरूतर्फबाट तालिमको अनुभवः यमुना थापा खड्काले प्रस्तुत गर्नु भएको थियो भने जेष्ठ नागरिकको तर्फबाट शिक्षार्थी राम क्षेत्रीले आफ्नो अनुभव प्रस्तुत गर्नु भएको थियो । तालिम प्रशिक्षकहरूलाई योग तथा प्राकृतिक चिकित्सक विषयविज्ञ डाक्टर हरिप्रसाद पोखरेल (मानसाग्नि) ले मार्ग निर्देशन गर्नु भएको थियो भने विशेष योगदान पु¥याउनु हुने रविप्रसाद पौडेल, इन्दिरा पौडेल, योग प्रशिक्षकहरू तथा सहयोगी प्रशिक्षकहरूलाई पनि सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।


2 comments
भीम आचार्य शनिबार, २० वैशाख, २०८२
हार्दिक धन्यवाद विसाल अनलाईन का गोविन्द सर हाम्रो गतिविधिलाई प्रकाशित गरि दिनुभयको मा
Bhanubhakta Dahal शनिबार, २० वैशाख, २०८२
हार्दिक धन्यवाद