काठमाडौ-काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले हत्या आरोपमा एकजनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी वडा नम्बर ७ घर भइ हाल काठमाण्डौ जिल्ला काठमाडौ महानगरपालिका-५  डल्लु बस्ने बर्ष ३२ का आशिष श्रेष्ठ रहेकाछन।
   
जिल्ला काठमाण्डौ वडा नम्बर २०, स्थित परोपकार पुलमुनी मिति २०८२ बैशाख १६ गते दिन  जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका वडा नम्बर १० स्थायी घर भएका वर्ष ४२को माईला भन्ने बिक्रम तामाङलाई धारिलो हतियार प्रहारबाट घाईते अबस्थामा फेला परेको थियो।

घाइते तामाङ्गलाइ तत्काल उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा लगिएकोमा सोही दिन  निजको मृत्यु भएको घटना सम्बन्धमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले अनुसन्धान गर्ने क्रममा हत्या गर्ने बिक्रम तामङ्गले घटना घटाएको खुल्न आएको थियो। 

प्रहरीले तामाङ्गलाइ घटनामा प्रयोग भएको चक्कु ,सामसुङको मोबाइल थान-१ ,घटना हुँदा प्रयोग भएको झोला,सर्ट,पाइन्ट,जुत्ता,कपडाको माक्स सहित बैशाख १७ गतेका दिन काठमाडौ वडा नम्बर-१५ डल्लुबाट धारिलो हतियार प्रयोग गरी हत्या गर्ने ब्यक्ति पक्राउ सहित पक्राउ गरी ज्यान सम्बन्धि कसूरमा  आबश्यक कारवाहीको लागि प्रहरी वृत जनसेवा पठाईएको  काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जि. सीले जानकारी दिनु भयो।