काठमाडौ -जिल्ला प्रहरी कार्यालय पर्साको टोलिले अपहरण तहा शरीर बन्धक आरोपमा ४ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बस्ने वर्ष २३ को रिकेश कुमार गुप्ता ,जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बस्ने वर्ष २५ को राजन गुप्ता ,जिल्ला पर्सा सखुवाप्रसौनी गाउपालिका वडा नम्बर ३ बस्ने वर्ष २४ को सिकेन्द्र साह र एक नाबालक रहेकाछन।
अपहरणकारी समुहले जिल्ला बारा कलैया उप-महानगरपालिका वडा नम्बर १८ बस्ने वर्ष २६ को सुधिर प्रसाद साहलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली स्थित घरबाट अपहरित सुधिर प्रसाद साहलाई सकुशल उद्दार गरेको थियो।
अपहरण कार्यमा सलंग्न ४ जनालाइ नियन्त्रणमा लिइ सम्मानित पर्सा जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता प्रहरी नायब उपरीक्षक सुबास भट्टले जानकारी दिनु भयो।


0 comment